नयाँ बर्ष २०७८ सुरु, २०७७ को राजनीतिक उथलपुथलमै वित्यो

बैशाख १, २०७८ । आजदेखि नयाँ बर्ष विक्रम सम्बत २०७८ साल सुरु भएको छ । बर्षको पहिलो दिन आज राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरुले शुभकामना व्यक्त गर्दै बढ्दो कोरोना संक्रमणबाट सचेत हुन आग्रह गर्नुभएको छ।
आज विहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाउँमा सम्वोधन गर्दै आफूले गरेका कार्यहरुको बारेमा बताउँदै शुभकामना दिनुभएको थियो ।
नेपाली राजनीति वर्ष २०७७ भने अस्थिर र उथलपुथलमै बितेको छ । सरकार बनेका केही वर्षमा राम्रोसँग चल्दै आएको सरकार र उसका गतिविधि २०७७ सालमा संविधान विपरीत सम्म आइपुग्यो । यही वर्ष प्रतिनिधिसभा विघटन भयो भने राजनीतिमा न्यायापालिका रेफ्रीको भूमिकामा देखियो ।

सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिकको मूलधारमा आयो ।

ठीक एक वर्षअघि मुलुक कोरोना महामारीले ठप्प भइरहेको बेला सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक शक्तिसंघर्षमा रुमल्लिएको थियो । भागबण्डाको खिचातानीले सरकार र नेकपा महामारी नियन्त्रण र जनजिविकाका सवालप्रति बेखबर जस्तै भए ।

नेकपाको शक्तिसंघर्ष उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । विघटनसंगै मुलुकको राजनीति दुई ध्रुवमा विभाजित भयो । विघटनविरुद्धका शक्तिहरूले निरन्तर सडक आन्दोलन गरे भने पक्षधर शक्तिहरूले पनि आफ्नो कदमको औचित्य पुष्टि गर्न सडक प्रर्दशनलाई नै रोजे ।

लामो बहसपछि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदियो । यस्तै फागुन २३ गते नेकपाको दर्ता खारेज गर्ने सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिए । फैसलाबाट ब्युँतिएको एमालेभित्र आन्तरिक शक्तिसंघर्ष वर्षको अन्त्यमा निकै चुलियो ।

अत्यन्तै तरल राजनीतिका बीच २०७७ को मध्यमा छिमेकी राष्ट्रका विशिष्ट अतिथिहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो ।
अन्तत वैकल्पिक सरकार गठन सम्मको बहस जारी हुँदा पुनस्थापित संसदले पनि अझै गति लिन सकेको छैन। प्रमुख प्रतिपक्ष सहित विपक्षि दलहरु पनि वैकल्पिक सरकार गठन गर्न सकिरहेका छैनन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: