माधव नेपाल समूहलाई मूलधारमा फर्कन मन्त्री ज्ञवालीको आग्रह

चैत २१ । नेकपा नेता एवम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले माधव नेपाल लगायत नेताहरुलाई मूलधारमा फर्कन आह्वान गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका अभिभारा पुरा गर्न अझै बाँकी रहेको भन्दै विगतका गल्ती सच्याएर र गुटगत तथा अतृप्त सपना अपेक्षा त्यागेर फर्कन आह्वान गर्नै स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जेपी भेटवालको तेस्रो स्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनले आज पार्टी कार्यालयमा आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।
यदि मूलधारमा नफर्किए जनताले तिरस्कार गर्ने उहाँको भनाई थियो । अहिले हिँडेको बाटो आन्दोलनलाई सफल बनाउने बाटो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीबाट भएको कारवाहीको गुनासो नगर्न आग्रह गर्नुभयो । महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट तीन तीन पटकसम्म कारवाही गर्नेहरु अहिलेको कारवाहीमा गुनासो गर्न नसुहाउने ज्ञवालीको भनाई थियो ।


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको विकास,राष्ट्रिय एकता, समृद्धिबाट अत्तालिएर सत्ताको भर्याङमा पुग्नका लागि मात्रै यी सवै षडयन्त्र भएको भन्दै मन्त्री ज्ञवालीले संसद पुनस्थापना भएपछि प्रभावकारी रुपमा संचालन हुन नसकेको बताउनुभयो । ढिलो चाँडो निर्वाचनमा जानुपर्ने भएकाले जनप्रतिनिधिहरुले जनताको मत जित्नेगरी काम गर्न उहाँले सुझाव दिनुभयो ।
अवको निर्वाचनमा पहिला जस्तो धेरै नेता कार्यकर्ता देखेर, लावालस्कर देखेर नभई आफ्नो दैलोमा भएका विकास निर्माणलाई मूल्याङ्कन गरी भोट दिने सचेतता आइसकेको भन्दै पुरा हुन नसकेका विकासका कार्यहरुलाई पूर्णता दिने गरी बजेट बनाउन र भएका कार्यको प्रचार प्रसार गर्न उहाँको आग्रह थियो ।
कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: