दिप प्रज्वलन गरी गैँडाकोटमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाइयो

गैँडाकोट, चैत २० । दिप प्रज्वलन गरी गैँडाकोटमा ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मर्यादीत व्यवसाय र प्रविधिमा सहकारी नारा सहित दिवस मनाइएको हो । सहकारी समन्वय मञ्च गैँडकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका परिसर भित्र दिप प्रज्वलन सहित दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले गैँडकोट सहकारी ग्रामले व्यहारिक रुपमै पहिचान बनाएको भन्दै स्थानीय सरकारसँग समन्व गर्न आग्रह गर्नुभयो । नगरपालिकाको वार्षिक बजेट १ अर्ब कम रहेको तर एउटै सहकारीको १५ अर्ब बढि बजेट रहेको भन्दै सहकारीबाट नै गैँडाकोट समृद्ध भएको उहाँको भनाई थियो । आफू स्थानीय सरकारको सहकारी रजिष्टार भएकाले पनि थप यहाँको सहकारी विकास, ऐन,नियम निर्माण लगायतमा पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो । समृद्धिका लागि सहकारीसँग सहकार्य यो मन्त्रलाई आत्मसात गर्दै कार्यान्वयनमा जान आह्वान गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकरी संघ नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटाले सहकारीलाई सरकारले वेवास्ता गरेको बताउनुभयो । सहकारी अभियान्ताले बुझाउन प्रयास गर्दा पनि बुझ्न नखोज्ने प्रवृत्ति त्याग्न सरकारलाई उहाँको आग्रह छ । कतिपय कार्यविधिहरु आफुहरुकै सक्रियतामा बनेको भन्दै सापकोटाले सहकारी सेवा गरेर रोजगार दिनुका साथै देशको विकासमा महत्वपूर्ण योगदान दिएको कुरालाई नभुल्न आग्रह गर्नुभयो । जिल्ला टुक्रेपछि जिल्ला संघ नवलपुरका लागि जग्गा पार्न सफल भएको भन्दै सवै सहकारी गोलवद्ध भई यसको मर्मबाट बाहिर नजान सुुझाव दिनुभयो  ।

समन्वय मञ्चले चैत २२ गते आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बाबुराम खनालले गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी अभियान्ताहरु माधव प्रसाद गौतम, इन्द्रराज ज्योति पौडेल, खेमराज सापकोटा, बेदप्रसाद गौडेल सहित विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: