नेपाली कांग्रेसका नेता जोशीको निधन

चैत १३ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज निधन भएको छ ।

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको अघि राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

मस्तिष्कघात भई फागुन १४ नेता जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लाग्नुभएको थियो । राजनीतिक यात्राका क्रममा पटक९पटक पक्राउ परी हिरासतमा समेत बस्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: