ओली पक्षको संसदीय दलको बैठक, एक सय १५ जना सांसद रहेको दावी

फागुन २२ । आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक मा ११५ जना सांसद उपस्थित रहेको दावी गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने उहाँको दावी छ ।
आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।

प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने संसद बैठकमा प्रभावकारी भूमिका निभाउन पनि सांसदहरुलाई निर्देशन दिनुभएको छ । यता भोलि हुने संसद बैठकको तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: