महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा तयारी,११ समिति सक्रिय

फागुन २२ । आगामी फागुन २७ गते बिहीवार परेको महाशिवरात्रि पर्वका अवसरमा गएको वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले पर्सि २५ गते सुरु गर्दैछ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सरसफाइ पनि सुरु भएको छ ।

आज बिहान वाग्मती सफाइ महाअभियानले पशुपति क्षेत्रमा सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

कोषले महाशिवरात्रिमा पशुपतिमा आउने भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनलाई आग्रह गरेको छ । यसैबीच, यो वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: