कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट निकालियो

फागुन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।मस्तिष्कघात भएर गत शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल भर्ना हुनुभई उपचाररत उहाँलाई भेन्टिलेटरबाट हटाइएको स्नायु शल्य चिकित्सक डा. राजीव झाले जानकारी दिनुभयो ।

मस्तिष्कघातका कारण जोशीको बायाँ भागमा पक्षाघातको आशंका गरिएको थियो । तर बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा सामान्य चलाउन सुरु गर्नुभएको छ । सुरुमा वीर अस्पताल लगेपनि थप जटिल समस्या भएको भन्दै नर्भिक लगिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: