हवाई भाडा बढ्यो

फागुन २१ । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडामा पनि वृद्धि भएको छ । वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज वृद्धि गरेका हुन् ।

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । बढेको भाडा शुक्रबारबाट लागू हुने भएको छ । नेपाल आयल निगमले आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी पर्ने भएको छ ।

काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढीका लागि सरचार्ज २२० रुपैयाँ थप भएको छ । काठमाडौंबाट नजिकको गन्तब्य सिमराका लागि ४५ रुपैयाँ इन्धन मूल्य थप भएको छ । विराटनगरबाट पोखरा उडानको भाडामा १६५ रुपैयाँ थप हुने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: