सरकार र विप्लव समूहबीच भएको वार्ता सफल, आज सामुहिक सम्वोधन गरिदै

फागुन २१ । सरकार आफैले प्रतिवन्ध लगाएको विप्लव समूहसँग भएको बार्ता भने सफल भएको छ । वार्तामा ३ बुँदै सहमति भएसँगै विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाण्डौमा एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो २ बजे विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सार्वजनिक गरिने छ ।

राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन बताइएको छ । सहमति सँगै विप्लवका नेता कार्यकर्ता छाड्न गृहमन्त्रालयले निर्देशन दिएको छ भने उसले हिंसा छोडी शान्तिपूर्ण राजनीतिमा सहमति गरेको छ ।

बिहीबार सरकार र विप्लव समूहबीच भएको वार्तामा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो । सरकारले पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ ।

सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पनि प्रतिबन्ध हटाएको छ भने गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको थियो । हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: