फागुन ११ । विश्वभक्त दुलाल नेतृत्वको बैज्ञानिक कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन जात ब्यवस्था उन्मुलन मोर्चा नेपालको प्रथम चितवन जिल्ला भेला हिजो सम्पन्न भएको छ ।
भेलाको अध्यक्षता जात ब्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पुर्ण बहादुर रपालले गर्नु भएको थियो भने जात ब्यवस्था उन्मुलन मोर्चाको केन्द्रीय संयोजक राजकुमार हिङ्माङ ,बैज्ञानिक समाजबादी युवा लिग, नेपालको केन्द्रीय संयोजक लछुराम बिश्वकर्मा ,बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य आशिष शर्मा जात ब्यवथा उन्मुलन मोर्चाको सचिवालय सदस्य चित्र बहादुर बि क, मोर्चाकै केन्द्रीय सदस्य गोबिन्द बि क, युवा नेता सुर्य न्यौपाने लगायतको उपस्थित रहेको थियो।
कार्यक्रमको संचालक लक्ष्मी बिक र स्वागत मन्तब्य रमेश बि क ले गर्नु भएको थियो । उक्त भेलाले संयोजक लक्ष्मी बि क , सह संयोजक राम बहादुर बि क र रमेश रसाइली र सचिब प्रेम सुनार रहने गरि हाललाइ १५ सदस्य समिती र पछि ६ सदस्य थप गरि २१ सदस्य जिल्ला समिति गठन भएको छ । हाम्रो देश नेपालको बिकास र परिवर्तनको बाधक जात ब्यवस्था हो ।
यसलाइ ध्वस्त पार्न जस्तोसुकै संघर्स र आन्दोलन गर्न आफुहरु तयार भएको र निकट भबिस्यमा सशक्त आन्दोलन अगाडि बढाउने भेलामा सम्बोधन गर्ने बक्ताहरुको भनाइ रहेको छ ।