भागरथीको हत्या आरोपी सार्वजनिक

फागुन ५ । नेपाल प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई आज सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले आरोपित किशोर दोगडाकेदार गाउँपालिका–७ का भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत रहेको बताउनुभयो । आरोपीले भागरथीको हत्या गर्न अगाडिदेखि नै लवलेक जंगलमा कुरेर बसेको र रिसीवीले हत्या गरेको सुवेदीले जानकारी दिनुभयो ।

आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखिएको प्रहरीले जनाएको छ । भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आरोपितले बलात्कार भने नगरेको बयान दिए पनि पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो । आरोपी र भट्टको भजाइनल स्वाबको डीएनए जाँचको अनुसन्धान भइरहेको प्रहरी नायब महानिरीक्षक सुवेदीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: