फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले माडीमा राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्येश्यले ल्याईएको आरोप लगाउनुभएको छ।
चितवनको भरतपुरमा निर्माणाधिन सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्र्तक्रियामा बोल्दै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरु मध्ये म जतिको खुसी को हुन्छ भन्दै ओली माथि प्रतिप्रश्न गर्नुभयो । उहाँले भन्नुभयो –‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसको लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने ।’ होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिदैं उहाँले त्यसमा सबैभन्दा बढी सहयोग आफुले गर्ने बताउनुभयो ।
भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रधानमन्त्री हुने लोभ नै छैन्, यो भ्रम कसैलाई नपरोस भन्दै प्रचण्डले आन्दोलनको नेतृृत्व प्रधानमन्त्री बन्न गरेको हो भन्ने बुझाई त्यो गलत रहेको औल्याउनुभयो । अन्य दलसंग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर, रामचन्द्र जीसंगै र जसपाका केही नेताहरुसंगै पनि कुराकानी भईरहेको बताउदैं ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गर्नुभयो ।
अलोकतान्त्रिक र असंवैधानिक कदम मार्फत चुनाव नै भए त्यो पनि असंवैधानिक, अवैधानिक हुने प्रचण्डको भनाई थियो ।
सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भुमरीमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलने खतरा रहेको दावी गर्नुभयो । अर्को प्रश्नमा उहाँले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रिय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहो¥याउनु भएको छ।
संसद पुर्नस्थापना नभए देश अराजकताको भुमरीमा जान्छ : अध्यक्ष दाहाल
