कोभ्याक्समार्फत नेपालमा साढे २२ लाख डोज कोरोना खोप आउने

माघ २१ । नेपालमा साँढे २२ लाख डोज खोप आउने भएको छ । कोभ्याक्समार्फत पहिलो चरणमा खोप आउने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा सो जानकारी दिइएको हो । नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खध्प पाउने उल्लेख छ।‌ यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो ।

यो खोप सन् २०२१ को‌ पहिलो छ महिनामा प्राप्त हुनसक्ने बताइएको छ । कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य डब्ल्यूएचओले लिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: