मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

माघ ११ । वैदेशीक रोजगारीमा गएर अकालमै ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको छ । हिजो मलेसियाबाट १७ जना नेपालीको शव नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

Image may contain: one or more people, people standing and outdoor
शुक्रवार राति मलेसिया गएको जहाजले शनिवार बिहान शव ल्याएर काठमाण्डौ आएको थियो । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ ।

Image may contain: one or more people and outdoor

शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको अवस्था शोकमग्न थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।

No photo description available.

Leave a Reply

Scroll to Top
%d bloggers like this: