घुस लिएको आरोपमा चितवनबाट ३ जना प्रहरी पक्राउ

माघ ८ । घुस लिएको आरोपमा चितवनबाट ट्राफिक सहित ३ जना प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । तीन जनालाई नै निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: