संसद पुनस्थापना हुनैपर्छ अन्यथा संविधान खतरामा : काँग्रेस महामन्त्री कोइराला

माघ ३ । नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले संसद पुनस्थापना हुनुपर्ने बताउनुभएको छ । संसद पुनस्थापना नभए संविधाननै खतरामा रहेको उहाँको भनाइ थियो । काँग्रेसले देशभरका स्थानीय तहमा गरेको संसद विघटनविरुद्धको विरोध र्याली अन्तगर्त आज नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले अदालतको निर्णय कांग्रेसले स्वीकार्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान नै च्यातेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको उहाँको भनाई थियो । आज नवलपुरका ८ वटै स्थानीय तहमा कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: