माघी पर्वमा तीनदिन बिदा

पौष २७ । माघी पर्वको अवसरमा कैलाली जिल्लाको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । थारू समुदायको विशेष पर्व भएकाले बिदा दिइएको हो । पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो ।

थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: