काठमाण्डौमा टिप्परको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

पुस १६ । काठमाण्डौमा टिप्परको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: