चितवन र नवलपुरका यी नेताहरु नेकपा केन्द्रीय सदस्यमा मनोनित

चितवन, पौष ८ । अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा आली पक्षको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यको सख्या बढाएपछि चितवन र नवलपुरबाट पनि केही नेताहरु मनानित भएका छन् । चितवनबाट ८ जना र नवलपुरबाट ९ जना केन्द्रीय सदस्यमा छानिएका हुन् ।
चितवनबाट मनोनित हुने नेताहरुमा बागमती प्रदेशका कृषिमन्त्री दावादोर्जे लामा, बागमती प्रदेशका सांसद् विजय सुवेदी, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, राष्ट्रिय सभा सांसद् पार्वती रावल, पूर्वसांसद् शारदा कुमाल, राप्ती नगरप्रमुख प्रभा बराल, साबिक एमालेका अनुशासन आयोगका पूर्वसचिव हरि सापकोटा र साबिक एमालेकै केन्द्रीय सदस्य कपिल पोख्रेल ओली पक्षको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो ।

त्यस्तै नवलपुरबाट रोशनबहादुर गाहा, चन्द्रमणि खराल, घनश्याम कोइराला, दीपक अधिकारी ,कृष्णप्रसाद घिमिरे, चन्द्रकुमारी पुन, जीवन श्रेष्ठ ,जनकलाल श्रेष्ठ र पदमा जि।सी। मनोनित भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: