आज थप ७४२ संक्रमित, ७ जनाको मृत्यु

पौष ६ । नेपालमा आज थप ७४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका योसँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: