अन्तराष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई

काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधी हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१ । १३, २१ । १३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । दाहालको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै बिराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा पनि यु—१९ र यु—१५ दुवै तर्फ बिजय हात पारेका थिए ।

सेमिफाईनलमा पुरुष एकल तर्फ प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले एपिएफका सुनिल जोशीलाई पराजित गरेका थिए ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र अनुमाया राईको जोडी बिजयी भयो । रत्न र अनुको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१ . १९, २० . २२ र २१ . १६ ले पराजित गर्दै उपाधी चुमे ।

दिपेश र पुजाको जोडीले एपिएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए ।

भेट्रान्स युगल तर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका बिजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्गको जोडीलाई २१ ।. १८, २१ . १७ ले पराजित गर्दै उपाधी हात पारे ।

पुरुष युगल तर्फको खेलमा एपिएपका दिपेश धामी र बिजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाइृ २१ . १७, २५ . २१ को अन्तरले तथा तामाङ्ग र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१ . ९, २१ . १२ ले पाखा लगाएका थिए ।

आयोजकका अध्यक्ष भोलेश्वर र प्रकाशको जोडीलाई उपाधी

स्थानीय स्तरका खेलाडीहरुको विच भएको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारे । मंगलबार भएको फाईनल खेलमा दुलाल र राईको जोडीले रवि चन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई ज्ञद्द । १२ . २१, २१ . ११ र २१ . १८ ले पराजित गर्दै उपाधी जिते ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: