विवादास्पद राजदूत शेर्पा बर्खास्त, आफ्नै सहयोगीले डुबाए

सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो । छानबिन समितिले उनलाई राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि उनी बर्खास्तीमा परेकी हुन् । यद्यपी बर्खास्तीमा पर्ने थाहा पाएसँगै आफ्नो पद जोगाउनको लागि तीब्र दौडधूप गरेपनि त्यो फलदायी हुन  सकेन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: