म्याग्देली कलाकार रमेश रोकाको पानफुले बाइ सार्वजनिक

बेनी, १४ जेठ । म्याग्देली कलाकार रमेश रोकाको लोक दोहोरी गित पानफुले बाईको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मंगला गाउपालिका ५ अर्मन घर भई हाल अस्टे्लीयामा रहनुभएका रोकाको शब्द र धवलागिरी गाउपालिकाको ताकमका किशोर सुवेदीको संगित रहेको गितमा म्याग्देली लोक गायक धु्रब जिसी र पार्वति थापाको स्वर छ ।

कलाकार बसन्त थापाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार रामजी खाण र अभिनेत्री आयुष्मा कार्कीको अभिनय छ । लकडाउन घोषणा हुनुभन्दा ५ दिनअघि काठमाडौमा छायांकन भएको गितको म्युजिक भिडियो सम्पादनको काम सकिएपछि सार्वजनिक भएको हो ।

कलाकार रोकाको यो चौथो सांगितिक कोशेली हो । गित माया प्रेममा आधारित छ । लामो समयपछि भेट हुदाका पललाई गित मार्फत ब्यक्त गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: