हिमालको गहना तिलिचो

तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल हो । तिलिचो ताल मात्र नभई मनाङमा अन्य तालहरू पनि छन जस्तै हिम ताल, गंगापूर्ण ताल, द्रोण ताल लगायत अन्य तालहरू पनि छन् । तर, उचित प्रचार प्रसार हुन नसकदा यी तालहरूको नाम मात्रमा सीमित भएको छ ।

हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्ला एउटा यस्तो जिल्ला हो जहाँ हरेक कुराहरू चकित तथा आश्चर्यजनक छ । यहाँ नदी छ माछा छैन, बस्ती छ तर बस्तीमा सबै जातीको बसोवास छैन । यहाँ दसैँ तिहार मनाइन्न, जनसंख्या थोरै तर आय स्रोत धेरै छ । १२ महिना जाडो हुने जस्ता थुप्रै यी र यस्ता कुराहरू अचम्मको देख्न र हेर्न पाईन्छ । त्यस्तै मनाङ जिल्लाको मुख्य पहिचान हो– तिलिचो ताल । तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल हो । तिलिचो ताल मात्र नभई मनाङमा अन्य तालहरू पनि छन जस्तै हिम ताल, गंगापूर्ण ताल, द्रोण ताल लगायत अन्य तालहरू पनि छन् । तर, उचित प्रचार प्रसार हुन नसकदा यी तालहरूको नाम मात्रमा सीमित भएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने यो जिल्ला पैदल यात्री र तिलिचो तालको अवलोकन गर्न आउने पर्यटक नै यस क्षेत्रको मुख्य पहिचान हो । अन्नपूर्ण पदमार्गको आफ्नै ठाउँमा पहिचान छ भने तिलिचो तालको पनि छुटै पहिचान छ । वास्तवमा मनाङ आउने बाह्य तथा आन्तरिक पर्यटकहरू तिलिचो ताल नजाने कमै होलान् । मस्र्याङ्दी नदीको उद्गमस्थल विश्वकै उच्च स्थलमा रहेको तिलिचो ताल समुन्द्र सतहबाट ४,९१९ मिटरको उचाईमा रहेको छ ।

तिलिचो ताल १ कि.मि. चौडाई, ४ कि.मि. लम्बाई २०० मि. गईराई र ३.८४ बर्ग मि.मा फैलिएको छ । मनाङ जिल्लामा अवस्थित तिलिचो तालको पौराणिक नाम कमकभुशुण्डी ताल हो । त्यस्तै तिलिचो ताललाई प्राचीन नाउँ काकह्रद समेत भनिन्छ । तिलिचो ताल रहेको स्थानलाई तिली भनिन्छ ।

मनाङी भाषामा ताललाई छौ भन्ने हुदाँ तिलिचो ताल रहेको स्थानको नाम तिली र ताललाई छौ भनिने हुदा तिलिचो तालको नाम तिलिछौ रहेकोमा तिलिछौ भन्दा भन्दै तिलिचो भएको कथन कर्मचारी मिलन केनद्र चामे मनाङले प्रकाशन गरेको मुखपत्र मा लेखिएको छ । तिलिचो ताल ज्यादै अचम्मको ठाउँमा छ । मस्र्याङ्दी नदीको मुहान रहेको तिलिचो तालकै पिधबाट रसाएर मस्र्याङदी नदी बनेको हो । चैत्र महिना देखि कार्तिक महिनाको बिचमा तिलिचो ताल जानको लागी उपयुक्त समय मानिन्छ भने जेठदेखि भदौ महिनासम्मको समयमा पनि तिलिचो ताल जान सकिने स्थानीहरू बताउँछन् ।

तिलिचो ताल जानको लागि लमजुङको बेसीसहरबाट मनाङ जिल्लाको माथिल्लो मनाङको खाङसार सम्म सडक मार्ग रहेको छ । मनाङको खाङसार फयाक्चे फेदीबाट पैदलयात्रा सुरु हुन्छ । यात्राको क्रममा बाटोमा तीन ओटा कुण्डहरू पानपाते,गोलो र साधरण खालका तीन वटा कुण्डहरू देख्न सकिन्छ । यी तीनवटा कुण्ड पार गरिसकेपछि करिब २० मिनेटको पैदल यात्रा पस्चात तिलिचो ताल पुग्न सकिन्छ । मनाङको खाङसार बाट तिलिचो ताल रहेको स्थान तिलि सम्मको यात्रा अति जोखिम रहेको छ । पदमार्ग अति जोखिम छ भने अर्को जोखिम हो हाई लाग्ने समस्या, यहाँ १२ महिना हिउँ परिरहने भएकोले पनि सबै मानिसहरू तिलिचो ताल पुग्न नसक्ने गरेको पाइन्छ ।

यस क्षेत्रमा सबैभन्दा बढी हिउँ पर्ने समय भनेको पुसबाट फागुनसम्मको यो तीन महिना अति हिउँ पर्ने भएकाले यो तीन महिनामा तिलिचो तालको यात्रा अति जोखिम र खतरा हुने गर्दछ । तिलिचो तालको बसाईका सम्बन्धमा गहन अध्यन एवं दृश्यावलोकनको निम्ति यहाँ आन्तरिक तथा बाहिय पर्यटकहरूको ओइरो लाग्ने भएकाले पनि मनाङ जिल्लाको तिलिचो ताल क्षेत्रको धार्मिक महोत्सब सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ ।

तिलिचो ताल क्षेत्रको प्राकृतिक र पुरातात्विक स्थितिभित्र पौराणिक र धार्मिक स्थितिले पनि त्यक्तिकै महत्व भएको पाईन्छ । तिलिचो तालको दृश्यावलोकन गर्दा पूर्वतर्फ र केहि उत्तर तर्फ खाली चट्टानका नाङगा पहाडहरू देखिन्छन । यस्तै पश्चिम र दक्षिण दिशा तर्फ भने ठुला ठुला हिमालका दृश्यहरू भेटिन्छन । धार्मिक क्षेत्रको बारेमा पनि तिलिचो ताल उत्तिकै प्रख्यात र प्रसिद्ध छ । तिलिचो तालमा पितृको अस्तु सेलाएमा पितृहरूको स्वर्गको बास हुने भनाइ छ ।

त्यस्तै तिलिचो तालमा स्नान गरेमा मृत्युपश्चात बैकुण्ठ पुगिने विश्वास छ । बिशेष गरी तिलिचो तालको हिन्दु धर्म र बौद्ध धर्मावलम्बीहरूको बिशेष स्थान हो तिलिचो ताल । तिलिचो तालको वरिपरि हिउँको थुप्रोमा स साना तालहरू बनेको देख्न सकिन्छ । तिलिचो ताल उत्तर र दक्षिण दिशामा फैलिएको यो तालको दृश्य अचम्मको अलौकिक रहेको छ । तिलिचो तालको वरिपरि नियाल्दा यहाँ आकाश धर्ती गर्जेको जस्तो ठुलो आवाज निस्कन्छ । पानीको छाल तितरबितर भएर तालको किनारामा देखापर्दछ ।

यस स्थानमा पोशाक खोली तिलिचो तालको कुनामा पुगी भगवान शिवको नाम अर्थात हर हर महादेब जपेर धूप दीप बालेर पुकारा गरी अर्घ दिएमा र जप ध्यान सत्यको बिजय शक्ति प्राप्त भएझै त्यो किनारामा आएको छाल नचलिकन रोकिने शक्ति देखिने कुरा श्रद्धालु तालमा स्नान गर्न जाने भक्तजनहरूबाट सुनिएको छ । यसैलाई यहाँ आउने तथा स्थानीय मानिसहरू कैलाशपति महादेबको हरहर शक्ति हो भन्दछन । पुराणमा बर्णन गरिएको मनाङको उत्तरतर्फको अन्नपूर्ण नीलगिरिको काखमा रहेको काकभुशुण्डी ताल भनेकै यही तिलिचो ताल हो । यो काकभुशुण्डी ताल पोखराको बेगनाश ताल भन्दा अलिकति साने छ । मनाङ जिल्लाको पश्चिमी दिशामा पर्ने काकशुण्डी तालबाट सूर्य उदाएको हेर्दा यो ताल दक्षिण दिशामा अवस्थित भएको देखिन्छ ।

हरेक नेपालीले एकपटक यो तालको मनोरम दृश्य हेर्ने र दर्शन गर्ने हो भने उसले आफूलाई भाग्यमानी सम्झन्छ । यो तालको शिखरमा चुमेपछि धार्मिक दृष्टिले पनि उसको नरक भोग्नु पर्दैन भन्ने धार्मिक बिश्वास छ । यस तालको पबित्र भूमिमा पाइला टेकेमा ,स्नान गरेर महादेबको स्तुति जप गरी धर्म गरेमा, अचम्मको हिमदृश्य तथा सुन्दर धर्तीमा परेको सूर्यको किरण देखेमा प्रत्येक मानिसको हृदयमा आफूले जन्म लिएको साकार हुने बैकुण्ठवास जाने परिकल्पना गर्न सक्दछ भन्ने धार्मिक रुपमा सत्यताथ्य भनाई रहेको पाइन्छ ।

सायद पौराणिक महत्वलाई दृष्टि दिएरै होला ने.क.पा. एमालेका महासचिब मदन भण्डारी र नेपाली राजनीतिका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोइराला दुबै जनाको अस्तुधातु यही तिलिचो तालमा लगेर सेलाइएकोे थियो । त्यस्तै भारतबाट समेत केहि धनाढ्य ब्यक्तिहरूले हेलिकप्टर चार्टर गरी तिलिचो तालमा लगेर आफनो आफन्तहरूको अस्तु सेलाउने गरेको कुराहरू पति यहाँका स्थानीय व्यक्तिहरूबाट अवगत भएको छ ।

तिलिचो तालको पर्यायवाची नाम काकभुशुण्डी तालले नेपालको बिशेषताको रुपमा रहेको सगरमाथा,लुम्बिनी,पशुपतीनाथ जतिकै बिश्व बिख्यात स्थान प्राप्त गरेको छ । बौद्धधर्मावलमबी लगायत सबै धर्म समप्रदायका लागि पावन भूमि मानिएको लुम्बिनी जतिकै भौगोलिक एव.प्राकृतिक बिशेषता भित्र यो मनाङ जिल्लाको काकभुशुण्डी ताल पनि परेको छ ।

विश्वमै कहीँ कतै नभएको सर्वाेच्च उचाईमा बनेको हिमताजको प्राकुतिक छटाले जाज्वल्यमान काकभुशुण्डी तालको शोभायमान स्थिति प्रशंसा गर्न लायकको छ । मनाङ जिल्लाका खाङसार गाउँ सम्म मोटर बाटो खुलेको भर्रखर मात्रै हो । मनाङको खाङसारबाट पैदलमार्ग हुदै समुन्द्र सतह बाट ५२०० मि. उचाईमा रहेको खाङसार बेसक्याम्पमा गुग्न मनाङ जिल्लाको सदरमुकाम चामेबाट पैदल डेढ दिन लाग्छ । तर मोटर बाटो खाङसार सम्म पुगेकोले लम्जुङ बेशिसहरबाट सिधै मनाङ जिल्लाको खाङसार सम्म सिधा जान पनि सकिन्छ तर एकै पटक यतिका उचाईमा जादा हाई लाग्न सक्ने भएकोले पनि सदरमुकाम चामे बाट पैदल जादा सहज हुन सक्छ । मनाङ जिल्लाको खाङसार बेसक्याम्पबाट करिब साढे तीन घण्टाको समयको पैदल यात्रा पस्चात तिलिचो ताल पुगिन्छ ।

मनाङको खाङसारबाट अति जोखिम बाटो तल मस्र्याङदी नदी र हिमाली भञ्ज्याङका डाँडाँकाँडाहरू पार गर्नु पर्दछ । मनाङ जिल्लाको खाङसारबाट तिलिचो ताल जाने २ वटा पदमार्ग छन । एउटा लामो बाटो र अर्को छोटो बाटो । जस मध्ये लामो बाटो राम्रो र सुरक्षित बाटो छ भने अर्को छोटो बाटो अति जोखिम र डरलाग्दो छ । छोटो बाटो जोखिम र डरलाग्दो बाटो भएपनि तिलिचो ताल हेर्नको देख्नको हतारमा मानिसहरू छोटै बाटो बढी प्रयोग गर्दछन । मनाङको भौगोलिक बनावट भित्र ईश्वरीय शक्तिले अलौकिकता देखाएको छ ।

तिलिचो ताल संसारमै नाम चलेको उच्च स्थानमा रहेको र पर्यटकहरू आउँदा औधि खुशि हुने र पर्यटकहरूको प्रमुख गन्तब्य स्थल हो । त्यसैले त भर्रखरै मात्र नेपाल सरकार संस्कुति,पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले नयाँ एक सय पर्यटकीय गन्तब्यमा मनाङ जिल्लाको तीन गन्तव्यमध्ये तिलिचो ताल पनि एक हो । यसले अझ तिलिचो तालको लागि र पुरै मनाङवासीहरूमा आकर्षण थपेको छ । karobardaily,com

Leave a Reply

Scroll to Top
%d bloggers like this: