डीपीआरमा यस्तो देखियो चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

चितवन, कात्तिक ६-

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । तयार भएको डीपीआर भरतपुर महानगरपालिकामा एक कार्याक्रमका बीच सार्वजानिक गरिएको छ ।

कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरिएको छ । रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

डीपीआर तयार भइसकेकोले अब कामले गति लिने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । अहिले समान्य काम भइरहेको बताउँदै उहाँले डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र द्रुत गतिमा हुने जानकारी दिनुभयो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: