विद्यालयलाई सहयोग

विद्यालयलाई सहयोग
सिजन रोका
बेनी, १ कात्तिक । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

किमचौर निवासी भारतीय सेनाका सेवा निवृत सैनिक टेक फगामीले पचास हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । फगामी विद्यालयका पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र फगामी र प्रअ गुप्त रोकालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । प्राप्त सहयोग रकम विद्यालय सञ्चालनमा परिचालन गरिने विद्यालयले जनाएको छ ।

सहयोग हस्तान्तरण गर्दै फगामीले आफूले पढेको विद्यालयको शैक्षिक विकासका लागि सहयोग गरेको र अरुलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सहयोगबाट विद्यालय सञ्चालनमा सहयोग पुग्ने बताउदै अध्यक्ष फगामी र प्रअ रोकाले सहयोगदातालाई धन्यवाद दिनुभयो ।

कार्यक्रम शिक्षक दिबी घर्तीको सञ्चालन र हरि फगामीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: