कलिमले इतिहास रच्दा नेपाल रेकर्ड अन्तरले पराजित, ओमानले जित्यो सिरिज

नेपाललाई अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै ओमानले ५ देश सम्मिलित टि-२० सिरिज जितेको छ। ओमानले सिरिज अन्तर्गत सबै ४ खेलमा जित हाँसिल गर्यो। ओमानले हंगकंगलाई ७ विकेटले, आयरल्याण्डलाई ४३ रनले तथा नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले भने २ खेल मा जित र २ खेलमा हार बेहोर्दै अंकतालिकामा तेश्रो स्थानमा रह्यो। नेपालले पहिलो खेलमा हंगकंगलाई ४ विकेटले तथा दोश्रो खेलमा नेदरल्याण्डलाई ४ विकेटलेनै पराजित गरेको थियो। तेश्रो खेलमा आयरल्याण्डसंग नेपाल १३ रन ले पराजित भएको थियो।

नेपालको यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै बल बाँकी रहेको आधारमा दोश्रो ठुलो हार हो भने विकेटको आधारमा चौथो ठुलो हार। आयरल्याण्डले २०१५ विश्वकप छनौटअ नेपाललाई ७२ बल बाँकी छदै ८ विकेटले पराजित गरेको थियो जुन सबैभन्दा धेरै बल बाँकी छदै तथा विके बाँकि छदै नेपाल बिरुद्ध जित हो। बल अन्तरको आधारमा ओमानको यो इतिहासकै दोश्रो ठुलो जित हो। ओमानले यस अघि हंगकंगलिई २०१७ मा ५४ बल बाँकी छदा जितेको थियो।

खेलमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा भेटायो। लक्ष्य पछ्याउने क्रममा एक समय पहिलो ४ विकेट २७ रनमै गुमाएको ओमानले त्यसपछि विकेट गुमाएन र सहजै खेल जित्यो।

२७/४ ( ७.३ ओभर ) को अवस्थाबाट चौथो नम्बरमा ब्याटिंग गरेका सुरज कुमारले विस्फोटक ब्याटिंग गर्दै ३० बलमा २ चौका र ३ छक्का मदतले ४२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। नेपालको बलिंगमा करन केसीले २ ( ३.५-०-२७-२ ) तथा सन्दिप लामिछाने ( ४-०-२३-१ ) र सोमपाल कामि ( २-०-७-१ ) ले १/१ विकेट लिए।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: