प्रधानमन्त्रीले आज पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउनेछन् । सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् ।

यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: