गैंडाकोटको मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुँइचो (फोटोफिचर)

गैंडाकोट, असोज १८–

चितवनसंगै जोडिएको नवलपरासीको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा आज (शनिबार) दर्शनार्थीको घुँइचो लागेको छ ।

आज (शनिबार) फूलपातीको दिन भएकाले विहानैदेखी दर्शनार्थीको घुँइचो लागेको हो । मन्दिरमा दर्शन गर्न सहज होस् भनेर दर्शनार्थीहरुलाई लाइनबद्ध रुपमा राखिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले दर्शनका लागि कुनै समस्या नभएको बताए । ऐतिहासिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा वर्षभरी नै भक्तजनको घुँइचो लाग्ने गरे पनि दशैंको बेला सबै भन्दा धेरै दर्शनार्थीको घुँइचो लाग्ने गरेको अध्यक्ष सापकोटाले बताए ।

शक्तिस्वरूपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुने जनविश्वास रहेको छ ।

नारायणी अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: