तेस्रो काभ्रेली कप २०१९ को उपाधि युनिटी एफसी नागोयालाई

सेप्टेम्बर २९ तारिख आइतबारको दिन हिजो निसी हाचिओजी फूट्सल मैदानमा तेस्रो काभ्रेली फूट्सल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

युनिटी एफसी नागोयाले उपाधीलाई आफ्नो पोल्टामा पारे भने पनौती ११ दोस्रो र नोर्थन एफसी सिजुओकाले तेस्रो स्थान हाँसिल गरे । “भातृत्वका लागि खेल” भन्ने मूल नाराका साथ समस्त जापानबासी नेपाली जनसमुदायमा खेलकुदको माध्यमबाट आपसी भाईचारा बढाउन ,थकीत मन र गलित शरीरलाई थोरै भएपनि भुलेर मनोरन्जन दिलाउने उद्धेश्य सहित आयोजना गरिएको तेस्रो काभ्रेली कप २०१९मा जापानको व्यस्त दैनिकीको बावजुद पनि राष्ट्रका लागि र आफ्नो स्वास्थ्य लागि पनि खेललाई जीवन सम्झिने खेलाडीहरुको दुइ दर्जन टिमले सहभागिता जनाएको थियो ।

आयोजक काभ्रेली समाज सहित सगरमाथा क्लव, सनसाइन क्लव, व्लुरे क्लव, पनौती ११, हाइजिमा क्लव ‘ए’र ‘बी’, नेपाल युनाइटेड ‘ए’ र ‘बी’, रोसी क्लव, बाँकेबर्दिया क्लव, राइजिङ नेपाल ‘ए’ र ‘बी’, लाफा क्लव, कावासाकी बुल्स, गोर्खे क्लव, नमस्ते चिवा, एनएनएफसी नागोया, सिजुओका युनाइटेड, अल स्टार, ल्यागर, युनिटी, टोकियो व्रदर्स, नारीता नेपाल, नेपाल मगर संघ, ओइजुमी, नोर्थन सिजुओका र हिमालायन व्वाइज लगायतका फुटबल क्लवहरुले सहभागिता जनाएको थियो ।

तेस्रो काभ्रेली कप २०१९ को फाइनलमा युनिटीले पनौतीसंग  प्रतिस्पर्धा गरेका थिए । फाइनल खेलमा पनौतीलाई पछि पार्दै युनिटीले उपाधि उचालेको हो । विजय टीमलाई हार्दिक बधाई । खेलमा विभिन्न खेलाडीहरुले आफूलाई अव्वल  सावित गरे । जसमा विधागत रुपमा राइजिङ नेपालका कुश कार्की वेष्ट किपर घोषित भए भने  पनौती ११ का साजन प्रधान वेष्ट प्लेयर घोषित भए ।त्यसैगरी नोर्थन एफसीका रविजय शाही वेष्ट डिफेन्स घोषित भए भने युनिटी एफसीका अशोक नेपाली हाई स्कोर गर्ने खेलाडीको रुपमा घोषित भए ।

कार्यक्रम भव्यताका साथ सफल र सम्पन्न बनाउनको निमित्त अहोरात्र खट्ने सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा  खेलकुद विभागका पदाधिकारी लगायत अग्रज एवं सल्लाकार, सम्पूर्ण काभ्रेली तथा गैर काभ्रेली शुभचिन्तक, प्रायोजक संघसंस्थाहरु, मिडियाकर्मी ,स्वयंसेवक लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको समाजका महासचिव इन्द्र तामाङले जानकारी दिए ।

साभार तामाङ पेज

Leave a Reply

Scroll to Top
%d bloggers like this: