कप्तान पारस विश्व बरियतामा यथावत

९ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी-२० विश्व बरियताको २७औं स्थानमा यथावत रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० क्रिकेट बरियताको अलराउण्डरमा कप्तान पारस २७औं स्थानमा यथावत रहेका हुन् ।

कप्तान पारसले अलराउण्डरमा अफगानिस्तानका कप्तान राशिद खान, पाकिस्तान इमाद वासिम, वेष्ट इन्डिजका क्रिस गेल, एन्ड्रे रसेल र किमो पाउल, दक्षिण अफ्रिकाका क्रिस मोरिस तथा इंग्ल्यान्डका बेन स्टोक्स जस्ता चर्चित खेलाडीलाई पछि पारेका छन् ।

अलराण्डर बरियताको शीर्ष स्थानमा भने अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् । त्यस्तै, नेपालका सोमपाल कामी भने ६७औं स्थानमा छ ।

ब्याटिङतर्फ भने कप्तान पारस ६६अमौं स्थानमा छन् । बलिङतर्फ भने बसन्त रेग्मी ७३औं स्थानमा रहंदा सोमपाल कामी ७८औं स्थानमा छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: