अवैध रुपमा भारत बस्ने आप्रवासीलाई निकाल्ने घोषणा, के होला नेपालीको अवस्था ?

नयाँदिल्ली : भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले अवैध रुपमा बस्दैआएका आप्रवासीलाई देशनिकाला गर्ने चेतावनी दिएका छन् ।

एक कार्यक्रममा उनले भारतमा अवैध रुपमा बस्ने विदेशीलाई देशबाट निकाल्ने बताएका हुन् । इंग्ल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायत मुलुकको कानुनको प्रसंग कोट्याउँदै भारतमा पनि त्यस्तो सम्भव नहुने बताए ।

साथै सबै नागरिकको नाम दर्ता हुनुपर्ने पनि उनले बताएका छन् । भारतमा ‘नेश्नल रजिस्टर फर सिटिजन (एनआरसी)’को लागु गर्ने सवाल चलिरहँदा शाहले यस्तो बताएका हुन् । आसाममा हालै यस्तो व्यवस्था लागु गर्ने सन्दर्भमा नागरिकहरु छुटेको भन्दै विवाद भएको थियो ।

शाहले पनि एनआरसी लागु गर्नेबारे जोड दिएका हुन् । बंगलादेश, पाकिस्तान लगायत मुलुकबाट भारत आइ अवैध रुपमा बसोबास गर्नेहरुलाई लक्षित गरी यहाँ आप्रवासीमाथि कडाइ गर्न थालेको टिप्पणी हुन थालेको छ ।

शाहको यस्तो घोषणाले भारतमा बस्दैआएका नेपालसहित छिमेकी मुलुकका नागरिकलाई अप्ठ्यारो पर्ने आशंका गरिएको छ । खासगरी लामो समयदेखि भारतमा बस्दैआएका तथा व्यवसाय गर्दैआएका छिमेकी मुलुकका नागरिकलाई यस्तो नियमले कडाइ गर्नसक्ने टिप्पणी हुने गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: