श्रमिकको पक्षमा काम गर्दै एनआरएनए कतार

दोहा, कतार

गैर आवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारले पीडित श्रमिकको कामलाई तीव्रता दिएको छ ।

सन् २०१९-२०२१ कार्यकालको लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिती चयन भए संगै श्रमिकमा मुद्दालाई प्राथमिकता दिएर काम सुरु गरेको हो । अध्यक्ष मुसलमानले नै सक्रियताका साथ श्रमिकको हितमा काम गर्नको लागी कतार स्थित नेपाली राजदुतावास, मानव अधिकार आयोग, श्रम संगठनको कार्यलय लगाएतका विभिन्न निकाय सङ्ग समन्वय समेत गरिरहनु भएको छ ।

यसैबीच एनआरएनए कतारको पहिलो कार्यसमिती बैठकले श्रमिकको हितमा काम गर्नकै लागि सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीको संयोजकमा प्रथम उपाध्यक्ष उत्तम गुरुङलाई तोकेको छ ।

समितिका संयोजक उत्तम गुरुङ र आइसिसी सदस्य केबि हमालको समन्वयमा शनिबार मात्रै ६ महिना देखि कतारमा अलपत्र रहेका नवलपरासीका होनुक तामाङलाई नेपाल पठाइएको छ । एजेन्ट मार्फत फ्री भिसामा भनेर आएका उनी यहाँ आएर काम नपाए पछि अलपत्र परेका थिए । यस्तै सचीव एवं सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीका सदस्य सचीव नियम भुजेलको समन्वयनमा ८ महिना देखी तलब नपाइ अलपत्र परेका मोरङ बेलबारीका गोपाल तामाङ नेपाली राजदुताबास र कतार सरकार मार्फत कानुनी प्रक्रिया पूरा गरि गत शनिबार नै नेपाल गएका छन । तामाङ कतार स्थित इनोभेसन ट्रेडिङ एन्ड कन्ट्राक्टिङ्ग कम्पनीमा लेवर भिसामा आएकोमा उनी तलब नपाए पछि अलपत्र परेका थिए । तामाङको लागि हवाई टिकटको ब्यबस्था मोरङ बेलबारी सरोकार समाजले गरेको थियो ।

यस्तै कतार आएको ४ महिनामानै पीडित बनेका ४ जना युवतीलाई पनि गुरुङको समयोजनमा अन्य कम्पनीमा ब्यबस्थापन गरिएको छ । नेपालको रिन्कु ओभरसिज मार्फत कतारको अल थावाविट जनरल सर्भिस एन्ड कन्ट्राक्टिक कम्पनीमा स्कुल तथा मार्केटमा क्लिनर काम भनी आएका उनिहरुलाई घरेलु काममा लगाएकोमा काम गर्ने स्थानमा दुर्व्यवहार भएपछि सहयोगको लागि नेपाली राजदूतावास पुगेका थिए । राजदुतावासमा बस्नको लागि सेल्टरको अभाव भएपछी सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीले २२ दिन सम्म बस्ने ब्यबस्थापन गरेको थियो । समितिका संयोजक गुरुङको समन्वयमा एजेन्टले टिकट बनाइदिएर गत सेप्टेम्बर ७ तारिख नेपाल फर्कन एयरपोर्ट पुगेका उनिहरु अन्तिम समय सम्म पनि कम्पनीले एक्जिट नगरिदिएकोले एयरपोर्ट बाटै फर्किन बाध्य भएका थिए । अहिले पीडितको सल्लाहमा पुरानो कम्पनी बाट एनओसी पेपर ल्याइ अन्य कम्पनीमा चेन्ज गरिएको छ ।

साथै बिगत ५ महिना देखि कम्पनी बाट तलब नपाएर पीडित बनेका ७ जना महिलाको न्यायको लागि समितिले अहिले समन्वय गरिरहेको छ । १६ महिना पहिला नेपालको आस्था इन्टरनेशनल मेनपावर मार्फत कतारको एसएनएस कम्पनीमा क्लिनर काममा आएका उनीहरुको मुद्दा अहिले अदालतमा चलीरहेको छ । उनिहरुलाई पनि खानाको ब्यबस्थापन एनआरएनए कतारको सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीले गरिरहेको छ । पहिलो चरणमा श्रमिक कल्याणकारी कोषबाट द्दितिय उपाध्यक्ष कुमार खड्काले र शनिबार मात्रै महिला उपाध्यक्ष सरिता भन्डारीले ब्यक्तिगत खर्चमा खाद्यान्न सहयोग गर्नुभेको छ । मुद्दा अदालतमा चलिरहेकोले नेपाली राजदुतावास संग समन्वय गरेर आफुहरुले अन्य ब्यबस्थापन गरिरहेको समितीका संयोजक गुरुङले बताउनुभयो ।

एनआरएनए कतार नेपाली श्रमिकको हितमा काम गर्न प्रतिवद्द भएर छुट्टै समिती बनाइ सक्रियताका साथ लागेकोले कतार स्थित विभिन्न संघसंस्था, पत्रकार, समाजसेवि, बुद्धिजीवी, ब्यबसायीहरुलाई साथ सहयोगको लागि अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आग्रह गर्नुभएको छ ।

प्रवक्ता
सन्तोष क्षत्री

Leave a Reply

Scroll to Top
%d bloggers like this: