एनआरएनए कतारका कोषाध्यक्ष बसौलालाई लमजुङ सेवा समाजको सम्मान

दोहा, कतार – लमजुङ सेवा समाज कतारले एनआरएनए एनसीसी कतारका नवनिर्वाचित कोषाध्यक्ष बिनोद प्रसाद बसौलालाई सम्मान गरेको छ ।
समाजले शुक्रबार मासिक मासिक बैठकको अवसरमा समाजका तृतीय उपाध्यक्ष समेत रहेका बसौलालाई एनआरएनए एनसिसी कतारको कोषाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित भएको भन्दै खादा लगाई सम्मान गरेको हो ।

सम्मानित भएपछि बसौलाले आफुलाइ जिताउन हरेक क्षेत्र बाट लागि पर्नुे लमजुङ्गे दाजुभाइ दिदिबहिनीहरु प्रती आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीलाई सबैको साथ सहयोग लिएर पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

समाजका अध्यक्ष नवराज नखोलाको अध्यक्षतामा बसेको बैठकले बिजयादशमीको अवसरमा अक्टोबर ११ शुक्रबार समाल गार्डेनमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
‘सुख दुःखमा साथ, लमजुङ सेवा समाज’ भन्ने मुल नारालाई आत्मसात गर्दै हरेक सामाजिक कार्यमा अघि बढ्दै गरेको यो सस्थाले सांगितिक कार्यक्रमका साथ टिका र जमरा लगाउने निर्णय गरेको कार्यबाहक महासचिव बिनोद थापामगरले बताए ।

यस्तै बैठकले रिक्त रहेको कार्यसमितीको महिला सदस्य पदमा संस्थाकी सक्रिय सदस्य कुमारी गुरुङलाई नियुक्ति गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: