ओयसिस् ग्रुपको सक्रियतामा नि:शुल्क जापानीज भाषा कक्षा सुरु ।

जापानमा नेपालीको संख्या  बढेसंगै भाषागत  समस्या हुने गरेका घटनाहरु थुप्रै देख्न पाईन्छ । भाषाको समस्यामा परेका नेपालीका लागि  ओयसिस् ग्रुपको सक्रियता तथा नेप्लिज कम्युनिटी अफ साइतामाले नि:शुल्क जापानीज भाषा कक्षा  सुरु भएको ओयसिस ग्रुपका विष्णु तिवारीले जानकारी दिनु भएको छ ।

गत सेप्टेम्बर ८ तारिखबाट साईतमा केनको  ऊरावा स्टेसन पुर्वी गेट अगाडीको पार्को भवनको नवौँ तल्लामा कक्षा संचालन सुरु भएको तिवारीले  जानकारी दिनु भएको छ ।

भोलेन्टीयर जापानीज भाषा कक्षामा डिपेनडेन्ट , कुक , बिज़नेस, ट्रेनी, वर्किंङ् , ईन्जिनीयर लगायत अन्य भिषामा जापानमा रहेका नेपालीलाई सेवा दिने लक्ष्यका साथ सुरु गरिएको जोसुक़ै पनि सहभागि हुन सक्नु हुनेछ ।

नेपाली र जापानी क्षिक्षकद्वारा हप्तामा १ पटक हरेक आईतबार दिनको  १२ बजे देखी २ बजे सम्म कक्षा संचालन गर्नेगरी गत सेप्टेम्बर ८ बाट कक्षा सुरु गरिएको जनाईएको  छ। इच्छुक नेपाली दाज़ुभाई दिदीबहिनीहरू उपस्थित हुन सक्नुहुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: