आइफोन ११ सार्वजनिक गर्ने तयारी, मिति पनि भयो तय

भदौ १५
एप्पलले आईफोनको ११ औ संस्करण बजारमा ल्याउने अन्तिम तयारी गरेको छ । उस्ले यस्का लागी सबै तयारी पुरा गरेको जनाएको छ । आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने एप्पलले बताएको छ । सेप्टेम्बर १० को बिहान कुपर्टिनोस्थीत स्टिभ जब्स थिएटरमा एक विशेष समारोहको आयोजना गरि नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

उक्त कार्यक्रममा एप्पलले तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच फोरसमेत नयाँ संस्करण आउने अनुमान गरिएको छ ।
समाचारअनुसार एप्पलले ल्याउने नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको रुपमा हुनेछन् । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।

एप्पलका यी नयाँ आइफोनमध्ये दुईवटामा पछाडिको भागका मुख्य क्यामराहरु तीनवटा हुनेछन् । तर आइफोन एक्स आरको नयाँ संस्करण आइफोनमा चाहिँ डुअल रियर क्यामरा सेटअप नै हुनेछ ।

रेडियो परासि

Leave a Reply

Scroll to Top
%d bloggers like this: