एनआरएनए कतारको चुनाव आज , १४ पदमा ६३ जनाको उम्मेदवारी (नामावली सहित )

५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, कतारको नयाँ नेतृत्व (२०१९-०२१)का लागि  आज  चुनाव हुने भएको छ ।
दोहास्थित नेपाली दूतावासको सभाहलमा हुने ८औं महाधिवेशनबट नयाँ कार्यसमिति चयन गरिने छ ।

निर्वाचन समितिका अनुसार बिभिन्न १४ पदका लागि हुने चुनावमा यसपटक ६३ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

सुरुमा ६९ जनाले मनोनयन दर्ता गराएको भए पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावबाट बिभिन्न पदमा गरी ३६ जना मात्रै निर्वाचित हुनेछन् ।

बिभिन्न ३ वटा पदमा भने ४ जना यसअघि नै निर्बिरोध निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा सरिता भण्डारी (स्याङ्जा), महिला संयोजकमा अम्बिका खत्री (तनहुँ), लेखा समिति सदस्यहरु पुरुषोत्तम लामिछाने (गोरखा) र कविन्द्र कँडेल (धादिङ) निर्बिरोध निर्वाचित भएका हुन् ।

यसपटक ४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) सदस्यका लागि ७ जना चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका लागि तेज कटुवाल (सुनसरी) र मुक्तदा मुसलमान (कपिलवस्तु)ले उम्मेदवारी दिएका छन् ।

यसैगरी १८ जना सदस्यका लागि मात्रै ३२ जनाको उम्मेदवारी परेको छ । १ जना लेखा समिति संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए कतारमा ४ हजार १३४ जना परिषद सदस्य छन् ।

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: