एनआरएनए जापानको सचिव पदका लागि सृजना पाण्डेयको उम्मेदवारी घोषणा ।

एनआरएनए जापान (२०१९-२०२१ ) कार्यकालको लागि  सचिव पदमा सृजना पाण्डेयले उम्मेदवारी घोषणा  गर्नु भएको छ ।

सचिव पदका लागि सृजना पाण्डेयद्वारा जारी विज्ञप्तिको पूर्णपाठ –

यहाँहरु सम्पूर्णमा नमस्कार ।
जापान बसाइको दौरानमा जापानमा हुने विभिन्न सामाजिक कार्यहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उत्कृष्ट सहभागिता जनाउँदै जापानवासी दाजुभाइ तथा महिला दिदीबहिनीहरूसँगको सहकार्यबाट संस्था NRNA Japan) ले दिएको जिम्मेवारीलाई जागरूकताका साथ बहन गर्दै आएको सहर्ष जानकारी गर्दछु । NRNA Japan मा समावेशी सहभागिताले सङ्गठन र सङ्गठनको संरचना, कार्यपद्दती र कार्ययोजनालाई उत्कृष्ट बनाउन र जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको हक हितको साथी बन्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ जापानको २०१७-२०१९ कार्यकालमा महिला सदस्यमा आफ्नो उम्मेदवारी दिएर निर्वाचित भई उद्देश्य अनुसार संस्थाको हरेक क्रियाकलापमा आफ्नो सक्रिय सहभागिताका साथ कार्य गर्दै आएको कुरा यहाँहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मूल्याङ्कन गर्दै आउनु भएको छ । यहाँहरूको हरपलको न्यानो साथ र सहयोग प्रति उच्च आभार व्यक्त गर्दै यही २०१७-२०१९ कार्यकालमा मेरो संयोजकत्वमा भएका केही कार्यहरू सङ्क्षिप्त रूपमा यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु :

?२०१९ मार्च ४ तारिक १६ बर्षभन्दा कम उमेरका बालबालिकाहरुको आत्मविश्वास, आत्मबल र वाक् प्रतिभा एवम् बालबालिकाहरूको क्षमता अभिवृद्धिको लागि बहुभाषिक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

?२०१९ मार्च २१ तारिक एभरेष्ट इन्टरनेशनल स्कुलमा स्वास्थ्य शिविर सम्पन्न । उक्त शिविर NRNA को तर्फबाट मेरो संयोजकत्वमा र ASHA org. बाट डा. प्रकाश शाक्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।

? १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद जापानले खेलकुद क्षेत्रमा महिलाहरुको सक्रियता र मनोबल बढाउन पहिलो महिला भलिवल प्रतियोगिताको आयोजना गरी सम्पन्न ।

यसै गरी आगामी दिनहरुमा पनि नयाँ दृष्‍टि एवम् नयाँ दिशाका साथ कर्तव्यनिष्ठ भई NRNA राष्ट्रिय समन्वय परिषद, जापानलाई पारिवारिक, स्वस्थ एवम् चुस्त दुरुस्त र अझै उत्कृष्ट संगठन बनाउने उद्देश्यले “समावेशी नेतृत्व, नयाँ दृष्टिकोण र नयाँ दिशाको लागि मेरो उम्मेदवारी” भन्ने मूल भावका साथ २०१९ -२०२१ को कार्यकालमा सचिव पदको उम्मेदवारी घोषणा गर्दछु । आशा छ २०१७-२०१९ कार्यकालमा यहाँहरूबाट जुन हौसला, विश्वास, सहयोग, समर्थन एवम् प्रेरणा प्राप्त भयो, त्यही विश्वास, सहयोग र समर्थन निरन्तर पाउने अभिलाषाका साथ थप ऊर्जा प्रदान गर्नु हुने छ भन्ने आशा राखेकी छु ।
यहाँहरूको सिर्जनात्मक एवम् आत्मीय सहयोगले NRNA Japan को सम्पूर्ण क्रियाकलापहरूको अभिलेखलाई चुस्त दुरुस्त एवम् पारदर्शी राख्नमा सकारात्मक भूमिका खेल्ने कुरा विश्वस्त पार्दै आगामी दिनहरूमा समेत यहाँहरूबाट पाउने सहयोग प्रति सदैव आभारी रहनेछु ।
धन्यवाद !

सृजना पाण्डेय
सचिव पदको उम्मेदवार
राष्ट्रिय समन्वय परिषद (२०१९-२०२१)

Leave a Reply

Scroll to Top
%d bloggers like this: