एनआरएनए , नागोयाको नयाँ समितिको पहिलो सामाजिक काम रक्तदान

एनआरएनए , नागोया क्षेत्रिय समितिमा नयाँ नेतृत् ले पहिलो सामाजिक काम रक्तदान कार्यक्रम वाट शुरु गरेको छ। सुक्रवार जापानको नागोया सिटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा एनआरएनए एशिया प्यासिफिक का उप- संयोजक पारश मणि पोखरेल देखी एनआरएनए नागोया क्षेत्रिय समितिका पदाधिकारीहरु एवं नागोयावासी नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको थियो। एनआरएनए , नागोयाका सचिव योमन देवानका अनुसार ४८ जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम विहान १० बजे वाट बेलुका ६ वजे सम्म चलेको थियो। नेपाली र जापनिज विच एक आपसमा जोड्ने काम यस रक्तदान कार्यक्रमले गरेको एनआरएनए , नागोयाका संयोजक श्याम शितलको भनाई छ। नेपालीहरुको यो कार्यले जापानका पनि कसैको ज्यान बचाउन सहयोगी हुने र जापनिजहरुले नेपालीलाई अझै सकारात्मक दृष्टिकोणले हेर्ने शितलको तर्क छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: