हतियार तेर्साएर बेनि २ ज्यामरुकोटका वडा अध्यक्षलाई कालोमोसो

विहानै कार्यालयमा पुगेका बेनी नगरपालिका–२ ज्यामरुकोटका वडा अध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुब्र्यवहार गरिएको छ । वडामा विनियोजित विभिन्न शिर्षकका बजेटमा अनियमितता गरेको ७ बुदाँ सहित कार्यालयमा प्रवेश गरेका विप्लव समुहका चारजना कार्यकर्ताले थापालाई मोसो र माला लगाइएका हुन् ।

हतियार सहित आएका विप्लपका कार्यकर्ताले सिँचाई डिभिजनको तार विक्री गरेको, विद्यालयको भवन निर्माणमा ठेकेदारलाई कमिसन मागेका लगाएत विभिन्न ७ वटा विकास निर्माणका गतिविधिमा अनियमितता गरेको आरोप लगाएका छन् । माक्स लगाएर कार्यालयमा प्रवेश गरेका विप्लवका कार्यकर्ताले अध्यक्ष थापालाई अनियमितताको उजुरी जनअदातलमा परेकाले प्रारम्भीक कारवाही गरिएको बताएका थिए ।

घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार विप्लवका कार्यकर्ताको पूर्व योजना अन्तरगत घटना घटेको देखिन्छ । वडाअध्यक्षलाई अनियमितताका बुँदाहरु दिएर दुब्र्यवार गरिएको छ । सिधै वडा कार्यालयमा पुगेर गतिविधि गरेपछि सुटुक्क भागेको देखिएको बताए । माक्स लगाएकाको पहिचान भएपनि मुख्य योजनाकारको सम्पूर्ण विवरण आइसकेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष पूर्व एमाले हाल नेकपाका स्थानीय नेता समेत हुन् । गाउँमा रहेको अर्जुन माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

जनप्रतिनिधिलाई धम्क्याउने, राजिनामा दिन दवाव दिने लगाएतका गतिविधि विप्लव समुहले गरेपछि जनप्रतिनिधि त्रसित भएका छन् । वडा कार्यालय नजिक घर भएका पूर्व प्रहरी सहायक निरिक्षक ज्ञानबहादुर कार्की सहित केही स्थानीयबाट लिएको जानकारी अनुसार हतियार सहित आएका विप्लवका कार्यकर्ताहरु जंगलतर्फ लागेका थिए । उनीहरुसँग पेस्तोल र भरुवा बन्दुक भएको हुनसक्ने आशंका गरिएको छ । वडाबाट निस्कने बेलामा स्थानीयले हतियार नै देखेका थिए ।

यता वडा अध्यक्ष थापाले आरोपमा सत्यता नभएको बताउँदै आएका थिए । वडाभित्र काम गर्ने वातावरण नभएको बताउँदै आएका थापाले विकास निर्माण सहितका हरेक गतिविधिका जनताकै सहभागितामा हुने गरेको बताए । उनले आफुँलाई पछिल्लो समय धम्की आएको बताउने गरेपनि त्यसका बारेमा भने पुष्टी हुन सकेको छैन् ।

बेनिअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: