साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं– साहित्यकार स्व .मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ ।  नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व .दीक्षितको पार्थिब शरिरलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए ।

यस अघी नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उनको निवास कालिकास्थान पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ नेपाली साहित्यमा स्व दिक्षितका ‘माधवी’, ‘ऋग्वेद , केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।

स्वास्थ्यमा समस्या आए पछी गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

न्यूसंचार

Leave a Reply

Scroll to Top
%d bloggers like this: