दार्शनिक कार्ल मार्क्स : गरीबीले छोरी मर्दा कोटले बेरेर अन्तेष्टि गरेका थिए

कार्ल मार्क्सको जन्म ५ मई १८१८ दिन भएको हो। उनी एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन्। मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो।

कार्ल मार्क्ले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्, ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो।’ मार्क्सले तर्क दिएका छन्, ‘पूरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ, जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ, त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ। अनि, राज्यविहीन, वर्गहीन साम्यवादी समाजको निर्माण हुनेछ।’

कार्ल मार्क्सको जन्म जर्मनीको प्रसिया राज्यको लोअररिन प्रान्तको ट्रियर भन्ने ठाउँमा भएको हो। उनका पिता हेनरिक मार्क्स एक सफल वकिल थिए, जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए। उनकी आमाको जन्मथलो होल्याण्ड थियो, मातापिता दुवै यहुदी थिए। तर, मार्क्स जन्मनुभन्दा एक वर्षअघि एउटा चर्चमा बख्ति लिएका थिए।

मार्क्सले १९ जून १८४३ मा प्रसियाका ब्यापारीकी छोरी जेनी वोन वेस्ट फ्यालेनसित बिहे गरे। मार्क्स र जेनीका सात जना सन्तानहरु भए। तर, गरीबी कारण तीन जना मात्र जीवित रहे। मार्क्सको आयको प्रमुख श्रोत फ्रेडरिक एंगेल्सबाट पाएको सहयोग मात्र थियो। मार्क्सको परिवार चरम गरीबीमा थियो। तर, उनले आफ्नो लक्ष्यप्रतिको सङ्कल्प कहिल्यै भुलेनन्।

कार्ल मार्क्स अत्यन्तै गरीब परिवारमा जन्मिएका चिन्तक थिए। उनकी पत्नी जेनी मार्क्स सम्पन्न परिवारमा जन्मिएर पनि जीवनपर्यन्त मार्क्सको गरीबीमा साथ दिइरहिन्। उनका अनन्य मित्र फ्रेडरिक एंगेल्स नै त्यस्ता व्यक्ति थिए, जसले मार्क्सका आधारभूत कुरा पूर्ति गर्थे। मार्क्समा सम्पत्तिप्रति एक रत्ति पनि मोह थिएन। गरीबी र कुपोषणका कारण मार्क्सकी छोरीको मृत्यु भयो। उनको परिवारसँग कात्रो किन्ने पैसासमेत थिए। मार्क्सले आफ्नै कोटमा बेरेर छोरीको अन्तेष्टि गरेका थिए।

डिसेम्वर १८८१ मा पत्नी जेनीको मृत्युपछि मार्क्स पनि बिरामी भए। यस कारण जिन्दगीका अन्तिम १५ महिना बिरामी अवस्थामा नै बिताए। १४ मार्च १९८३ का दिन मार्क्सको लण्डनमा निधन भयो। उनको परिवार र साथीभाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लण्डनमा नै गरे। मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ, ‘विश्वभरिमा श्रमिक एक होऔं।’ इतिहासकारहरु कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन्।

साभार अंश लोकपाटी

Leave a Reply

Scroll to Top
%d bloggers like this: