सुपर ओभरमा पुगेको सनसनीपूर्ण फाइनल जित्दै सोमपाल आबद्ध विन्नीपेगले यसरी जितेको थियो ,ग्लोबल टि-२० को उपाधि ?

भर्खारै एकदिवसीय विश्वकप २०१९ को फाइनल सुपर ओभरमा पुगेको याद क्रिकेट फ्यानहरुले नभुल्दै अर्को प्रतियोगिताको फाइनल पनि सुपर ओभरमा टुंगिएको छ।

सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै विन्नीपेग हक्सले ग्लोबल टि-२० क्यानडाको दोश्रो संस्करणको उपाधि जितेको छ। विन्नीपेगमा नेपाली खेलाडी सोमपाल कामि आबद्ध गरे पनि उनि अन्तिम-११ मा भने थिएनन्।

खेलमा टस हारेर ब्याटिंग गरेको विन्नीपेगले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा भानकुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रननै बनाएपछि खेल बराबर भएको थियो। त्यसपछि खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिंग गरेको भानकुभरले दिएको १० रन पछ्याउदै विन्नीपेगले उपाधि पहिलो पटक हात पार्यो।

यस्तो रह्यो सुपर ओभर , अम्पायरको खराब निर्णय

भानकुभरको ब्याटिंग –  सुपर ओभरमा पहिले ब्याटिंग गर्ने क्रममा भानकुभरको लागि आन्द्रे रसेल र रस्सी भान डर डुसेन ब्याटिंग गर्न आए भने कलिम सानाले विन्नीपेगको लागि बलिंग गरे।

आन्द्रे रसेलले सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गरे। दोश्रो बलमा रसेलले १ रन लिए। तेश्रो बलमा लेग बाइको रुपमा डुसेनले स्ट्राइक परिवर्तन गरे। चौथो बलमा रसेल डिप मिड विकेटमा क्याच आउट हुनपुगे। त्यसपछि ब्याटिंगमा कप्तान शोयब मलिक आए।

पाँचौ बलमा कलिमले गरेको कम्मर भन्दा माथिको बलमा मलिकले ब्याटमा लगाउन सकेनन्। उक्त बललाई अम्पायरले नो बल दिएनन् जुन कम्मर भन्दा निकै माथि रहेको थियो। अम्पायरले एक आपसमा छलफल पनि गरेनन्। बाइको रुपमा १ रनमै भानकुभरले चित्त बुझाउनु पर्यो। अन्तिम बलमा डुसेन क्याच आउट हुन पुगे। २ विकेट गुमाएर भानकुभरले ९ रन मात्रै बनाउन सक्यो र १० रनको लक्ष्य प्रस्तुत गर्यो। इनिंग पछि पनि खेलाडीहरु नो बल नदिएको बारे अम्पायर र बिपक्षी खेलाडीहरुसंग बहस गर्दै गरेको देखिए।

साभार विकेटनेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: