कतारबासी नेपालीहरूसँगै झुम्न दोहा पुग्यो नेपथ्य , आऊँदो सोमबार हुने नेपथ्य लाईभ कन्सर्टको तयारी अन्तिम चरणमा ।

कतारबासी नेपालीहरुसँग झुम्न नेपालको सर्वाधिक चर्चित ब्यांड ‘नेपथ्य’ कतारको दोहामा पुगिसकेको छ  ।लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा बकर इदको दोस्रो दिन सोमबार हुने कार्यक्रममा ब्यान्डका प्रमुख अमृत गुरुङ सहित दस जनाको टिमलाई आयोजक , सहआयोजक तथा कतारबासी नेपालीले भव्य स्वागत गरेका छन । नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको हो ।

बकर ईदको अवसरमा आयोजित नेपथ्य लाईभ कन्सर्टको प्रतिक्षामा रहेका कतारवासी नेपाली अत्यन्तै उत्साहित भएका छन । कार्यक्रम सनैया ग्रन्ड मलसंगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ । आयोजकले कतारका विभिन्न शहरसंगै नेपाली क्याम्प सम्म पुगेर प्रचारप्रसार लाई तिब्रता दिइरहेको छ ।

दुई दशक भन्दा बढी समय देखी निरन्तर गायनसंगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टल बाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

फोटो साभार – नेपथ्य गायक अमृत गुरुङ फ़ेसबुक पेज

Leave a Reply

Scroll to Top
%d bloggers like this: