भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पक्राउ

काठमाडाैं, २४ साउन । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचूरी र अर्को नेता डी राजा कश्मीरकाे श्रीनगरमा पक्राउ परेका छन्। येचूरीले ट्विट गर्दै विमानस्थलबाट पक्राउ गरेको बताएका हुन्। बिरामी रहेका आफ्नो नेता भेट्न पूर्व योजनाअनुसारको भ्रमणमा कश्मीर पुगेका उनलाई विमानस्थलबाट बाहिर जानबाट रोकिएको हो। भाकपाले गैरकानूनी रुपमा उनलाई हिरासतमा राखिएको भन्दै त्यसको विरोध गरेको छ।

बिहीबार येचुरी र राजाले जम्मु तथा कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेखेर आफ्नो भ्रमणको योजनाबारे जानकारी गराएका थिए। पत्रमा भ्रमणका क्रममा कुनै प्रकारको अवरोध नआओस् भन्ने चाहना व्यक्त गरेका थिए। येचुरीले आफ्नो कार्यकर्ताहरुलाई भेट्ने बताएका थिए। राजाले पनि त्यस्तो पत्र लेखेका थिए। 

Leave a Reply

Scroll to Top
%d bloggers like this: