सुबिसुको ९० प्रतिशत सेवा सुरु, २ दिनभित्र पूर्णरुपमा सञ्चालनमा आउने

२४ साउन, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी, सुबिसु प्रालिको ९० प्रतिशत सेवा सुरु भएको छ । बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार आगलागी हुँदा अवरुद्ध भएको सेवा कम्पनीले शीघ्र सञ्चालनमा ल्याएको हो ।

सुबिसुले थापाथलीको बैकल्पिक डाटा सेन्टरबाट तत्कालै अधिकांश सेवाग्राहीहरुको सेवा सुरु गरेको थियो । हालसम्म ९० प्रतिशत सेवा सञ्चालनमा ल्याइसकेको कम्पनीले जानकारी दिएको छ ।

डाटा सेन्टरमा भीषण आगलागी हुँदा ठूलो क्षति भए पनि बैकल्पिक डाटा सेन्टर स्थापना गरिएकोले सुबिसुले तत्कालै सेवा सञ्चालनमा ल्याउन सफल भएको जनाएको छ । ०७२ सालको भूकम्पपश्चात सुबिसुले थापाथलीमा बैकल्पिक डाटा सेन्टर स्थापना गरेको थियो ।

बालुवाटारको डाटा सेन्टरमा आवद्ध भएका केही सेवाग्राहीहरुको सेवा अझै अबरुद्ध रहेको र २ दिनभित्र सबै ग्राहकलाई सेवा प्रदान गर्ने सुबिसुले जनाएको छ ।

साभार अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: