बकर इदको अवसरमा कतारवासी नेपाली नेपथ्यसँगै झुम्ने , तयारी तीब्र

दोहा- नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य आगामी बकर इदमा कतार आउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको कार्यक्रमको प्रचारप्रसारलाई तिब्रता दिइएको छ ।

आयोजकले नेपालको लोकप्रिय ब्यान्ड आउने भएकोले धेरै भन्दा धेरै नेपाली सहभागी गराउनको लागि कतारका विभिन्न शहर संगै नेपाली क्याम्प सम्म पुगेर प्रचारप्रसार गरिरहेको बताएको छ । बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक अमृत गुरुङ संगै अन्य कलाकार आउने भए पछि कतार बासी नेपाली समेत उत्साहित भएका छन् । कार्यक्रम बकर इदको दोस्रो दिन सनैया ग्रन्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ ।

दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टल बाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

साभार enepalese.com

 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: