मुटु रोगीलाई बेल्जीयमबाट ४२ हजार सहयोग

अनिल पौडेल

रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो । ।बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार संगै एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको पनि सकिएको छ उक्त अपरेसन बापतकाने रकम अपुग भएपछि बेल्जिएममा रहेकी लिला मल्ल भण्डारीको नेत्तृत्वमा सहयोग रकम उठाइ स्वयम लिलाले नै रकम हस्तान्तरण गर्नुभएको हो ।

अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया छुट गरि करिव १० लाख रुपैया खर्च भएको उनकी श्रीमती जुना सार्कि बताउछिन । बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार ,भिमसेन सार्कि नेत्तृत्वको समुहले १२ हजार पाँच सय ,बिष्णु भण्डारीबाट ७ हजार ,इश्वर भण्डारीबाट १५ हजार ,रोजी भण्डारी नेत्तृत्व समुहको ४२ र अहिले लिला मल्ल भण्डारीको ४२ हजार सहयोग उठाई अप्रेशन गरिएको बद्रश फूड स्टेशनका संचालक इश्वर भण्डारीले जानकारी दिए । सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलो रकम लागेको कारणले सबैले सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छन

Leave a Reply

Scroll to Top
%d bloggers like this: