कस्तो छ कंगनाको ‘जजमेन्टल है क्या’ ?

प्रायः सधैं विवाद र चर्चामा आइरहेको कारण कंगना रनौटको फिल्म ‘जजमेन्टल है क्या’ सबैको प्रतिक्षाको विषय बनेको थियो । साउन १० गते शुक्रवारदेखि प्रदर्शनमा आएको उक्त फिल्म हेर्ने अधिकांश दर्शकले अभिनेत्री कंगना रनौत तथा राजकुमार रावको अभिनयलाई मुक्तकण्ठले प्रसंसा गरेका छन् ।

दुबै कलाकारले अति नै उत्कृष्ट काम गरेको दर्शकहरुको टिप्पणी छ ।

यस्तो छ प्लट

फिल्मको कथा एक प्रकारको मानसिक रोग एक्यूट साइकोसिसबाट ग्रसित बबीको हो, जसले बाल्यकालमै आमा-बुवाको झगडाबाट निधन भएपछि उक्त रोगबाट ग्रसित हुन पुग्छिन् । बिरामीका कारण उनले धेरै पटक सत्य र असत्यबीचको भेद नै थाहा पाउँदिनन् ।

उक्त रोगका कारण उनी अत्यन्त रिसाहा, एकाहोरी तथा एकलकाँटे स्वभावकी बन्छिन् । वास्तविक जीवनमा उनी एक डविङ आर्टिष्ट हुन्, जो दक्षिण भारतीय फिल्मदेखि हरर फिल्मसम्मका भिन्ना-भिन्नै चरित्रहरुका लागि आफ्नो आवाज दिइसकेकी हुन्छिन् । डबिङकै क्रममा धेरैपटक उनले आफैंलाई फिल्मकै चरित्र मानेर त्यसै अनुसारको व्यवहार गरिसकेकी छन् ।

त्यही क्रममा उनी कहिले प्रहरी अधिकृत बन्छिन् त कहिले हरर फिल्मकी अभिनेत्री । रिसका कारण भएको कुटपिटका कारण उनलाई तीन महिनासम्मका लागि मानसिक शरणार्थीहरुको केन्द्रमा भर्ती गरिन्छ । त्यही क्रममा उनको घरमा केशव (राजकुमार राव) तथा उनकी श्रीमती रीमा (अमायरा दस्तूर) भाडामा बस्न आउँछन् । बबी केशवप्रति आकषिर्त हुन थाल्छिन् । साथसाथै उनी केशवका क्रियाकलापप्रति सशंकित पनि हुन्छिन् ।

लगत्तै बबीले केशवको जासूसी गर्न थाल्छिन् । त्यही क्रममा एउटा हत्या हुन्छ । बबीले प्रहरीहरुलाई उक्त हत्यामा केशवकै हात भएको विश्वास दिलाउने प्रयास गर्छिन् । तर, केशवले उक्त हत्याको दोष बबीलाई नै लगाइदिन्छन् । हत्याले रहस्यकै रुप लिएपछि चलचित्रको कथा एउटा त्यस्तो मोडमा आइपुग्छ, जसका लागि बबी र केशव कहिले पनि तयार थिएनन् ।

समीक्षा

निर्देशक प्रकाश कोवलामुदीले लेखिका कनिका ढिल्लनको आकर्षक स्त्रिmप्टलाई पूर्ण रुपमा न्याय दिएका छन् । फिल्मको फस्ट हाफले दर्शकलाई थि्रलर, सस्पेन्स तथा डरलाग्दो परिस्थितहरु सिर्जना गरेर दर्शकलाई बाँधिरहन्छ । सेकेण्ड हाफका प्रारम्भदेखि नै फिल्मले नयाँ ट्रयाक समात्छ ।

फिल्ममा रामायणका चरित्रहरुलाई प्रतिकात्मक रुपले प्रयोग गरिएको छ, जसले कथालाई अझ बढि समृद्ध बनाएको छ । मनोगोरीको रुपमा कंगनाको दिमागमा चल्ने कुराहरुलाई निर्देशकले आकर्षक शैलीमा पर्दामा उतार्ने प्रयास गरेका छन् ।

निर्देशकले जिमी शेरगिल तथा कंगनाको ट्रस्टवाला दृष्यमार्फत मानसिक रोगबाट पीडित रोगीहरुप्रति सन्देश दिने प्रयास गरेका छन् । फिल्मको हृयूमर कथाले खासै दिक्क बनाउँदैन । पृष्ठभूमि संगीत आकर्षक छ, तर क्लाइमेक्स पूर्व अनुमानित छ । निर्देश्ँकले क्लाइमेक्समा अझ बढि मेहनत गर्ने ठाउँ छ ।

फिल्ममा कंगनाले निर्वाह गरेको बबीको चरित्र डर, बाध्यता, रिस तथा पागलपनले भरिएको छ । फिल्ममा कंगनाले पहिरनदेखि अनुहारको हाउभाउसम्ममा विशेष ध्यान दिएकी छिन् । उनको अभिनयले मानसिक रोगबाट पीडित रोगीको अवस्थालाई वर्णन गर्न सफल भएको छ । रमाइलो कुरा के छ भने अभिनेता राजकुमार रावसमेत कंगनाभन्दा कम देखिएका छैनन् ।

उनले केशवको चरित्रलाई उत्कृष्ट शैलीमा निर्वाह गरेका छन् । कंगनाको टाइम पास ब्वाइफ्रेण्डको चरित्रलाई हुसेन दलालले मनोरञ्जन दिएका छन् । छोटो भूमिका भए पनि जिमी शेरगीलले राम्रँे काम गरेका छन् । अमायराको काम पनि राम्रै मान्नु पर्छ ।

सुझावः कंगना तथा राजकुमारका प्रशंसक तथा थि्रलर फिल्मको सौखिन दर्शकहरुले यो फिल्मबाट प्रसस्त मनोरञ्जन पाउने छन् ।

कलाकारः कंगना रनौत, राजकुमार राव, अमायरा दस्तूर, सतीश कौशिक, जिमी शेरगिल

निर्देशकः प्रकाश कोवलामुदी

शैलीः कमेडी, ड्रामा, थ्रिलर

अवधिः २ घण्टा १० मिनेट

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Scroll to Top
%d bloggers like this: