विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने ३६ ओडिआइको तालिका सार्बजनिक

आइ सि सि विश्वकप लिग-२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा हुनेछ ।

लिग २

आइसिसी बिश्वकप लिग २ मा नेपाल, स्कटल्याण्ड, युएइ, नामिबिया, युएसए, पिएनजि, ओमान रहेका छन !

अगस्ट २०१९ देखि जनवरी २२ बिचको समयमा हरेक टिमले ३६ गरि कुल १२६ वटा एकदिवसीय खेल लिग २ अन्तर्गत हुनेछन ! यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

नेपालले खेल्ने अन्य सिरिज

अप्रिल २०-२७, २०२० : नामिबियामा नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज खेल्नेछ

जुन २०२० : नेपाल, नामिबिया र स्कटल्यान्ड बिच अर्को सिरिज खेल्नेछन् ।

जनवरी २०२१ : नेपालले ओमान र अमेरिका सङ्ग खेल्नेछ

फेब्रुअरी २०२१ : नेपालले यूएई र पीएनजीसँग खेल्ने छ !

अगष्ट २०२१ : नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्नेछ !

नोभेम्बर २०२१ : नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।

२०२२ जनवरी : यूएई र पीएनजीविरुद्ध सिरीज हुनेछ ।

साभार – क्रिकेट हिमालय

Leave a Reply

Scroll to Top
%d bloggers like this: